प्रधानमन्त्री Balen ले बहुप्रतीक्षित सल्लाहकार टोली सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा तरंग आएको छ। “ड्रीम टोली” भनेर प्रस्तुत गरिएको यो टिम अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।तर, टिम सार्वजनिक भएसँगै प्रश्नहरू पनि उस्तै तीब्र रूपमा उठ्न थालेका छन्।
📌 के यो साँच्चै ‘ड्रीम टिम’ हो त?
📌 कति अनुभवी छन् यी अनुहारहरू?
📌 पुराना अनुभवीहरू किन छुटे?
सूचीमा मुख्य सल्लाहकारदेखि IT, नीति, प्रशासन र प्रेस सम्हाल्ने व्यक्तिहरू राखिएका छन्। तर धेरैले यसलाई “नयाँ अनुहारको प्रयोग” भनेका छन् भने केहीले अनुभव भन्दा नजिकका मानिस प्राथमिकता पाएको आरोप समेत लगाएका छन्।
सोशल मिडियामा केही प्रयोगकर्ताले लेखेका छन्—
👉 “नाम नयाँ छन्, काम कस्तो हुन्छ हेर्न बाँकी छ!”
👉 “यो टीम प्रयोग हो कि तयारी?”
यता समर्थकहरू भने यसलाई नयाँ सोच र नयाँ ऊर्जा को रूपमा बचाउ गरिरहेका छन्। उनीहरूको तर्क छ—
👉 “पुरानाले के गरे? अब नयाँलाई मौका दिनुपर्छ।”
राजनीतिक विश्लेषकहरूका अनुसार, यो टोलीले आउने दिनमा
✔️ नीति निर्माण
✔️ प्रशासन सुधार
✔️ डिजिटल रणनीति
मा प्रभाव पार्न सक्छ — तर नतिजा नै अन्तिम परीक्षा हुनेछ।
सार्वजनिक गरिएको सूचीअनुसार मुख्य सल्लाहकारमा Kumar Byanjankar रहेका छन् भने राजनीतिक सल्लाहकारको जिम्मेवारी Asim Shah लाई दिइएको छ।
त्यस्तै नीति, प्रशासन तथा सुशासन क्षेत्रका लागि Sudip Dhakal लाई जिम्मेवारी दिइएको छ भने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विषयमा Bibek Mishra संलग्न रहेका छन्।
यसैगरी टोलीमा प्रमुख स्वकीय सचिवको रूपमा Subash Sharma, स्वकीय सचिवमा Nabin Bhandari र स्वकीय सहसचिवमा Sanjib Pandey रहेका छन्।
अन्य सदस्यहरूमा स्वकीय उपसचिव Bishal Adhikari, Prakriti Dhakal, शाखा अधिकृत (फोटोग्राफी) Binay Shakya तथा प्रेस सम्बन्धी जिम्मेवारीमा Surandra Bajgai रहेका छन्।
यो टोलीले आगामी दिनमा नीति निर्माण, प्रशासन सुधार, सञ्चार व्यवस्थापन तथा जनसम्पर्कमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विभिन्न क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको यस टोलीलाई लामिछानेको ‘ड्रीम टिम’ का रूपमा हेरिएको छ।