मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको शल्यक्रिया गरिएको छ । मुख्यमन्त्री यादवको शनिबार काठमाडौंको ग्राण्डी अस्पतालमा दायाँ हातको शल्यक्रिया गरिएको हो ।
मुख्यमन्त्री यादवको दायाँ हातको दुई औंलामा लामो समयदेखि रहेको समस्याका कारण शल्यक्रिया गरिएको बताइएको छ । यादवको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।