चन्द्रपुर नगरपालिकाले स्वयंम सेवक शिक्षकको लागी खुलाएको आवेदनमा लिखित परीक्षा सम्पन्न भएको छ ।
यहि साउन १४ गते नगरपालिकाले जारी गरेको सूचनाका आधारमा रितपूर्व योग्यता पुगेकाहरुले दिएको आवेदन स्वकृती भएकाहरुलाई लिखित परीक्षा लिईएको हो । लिखित परीक्षामा मध्यमिक तहमा १२ जना, नि.मा.वी. मा ६८ जना र प्रा.वी.मा २१२ जनाले परीक्षा दिएको नगर शिक्षा अधिकारी कृष्ण सिग्देलले बताउनुभयो । यो पछि दोश्रो चरणको परीक्षा हुने उहाँले जानकारी दिनुभएको छ । माध्यमिक तहमा १३ जनाको माग गरिएकोमा १२ जनाको मात्र आवेदन स्वकृती भएको थियो ।
उहाँका अनुसार अवेदनमा माग गरिएको भन्दा एक जना कम नै रहेको छ । तर निम्न माध्यमिक तहमा माग भन्दा दोव्वर बढी आवेदन परेको उहाँले उल्लेख गर्नुभयो । निम्न माध्यमिक तहमा २१ जनाको माग रहेकोमा ७० जनाको आवेदन स्वकृती भएको उहाँले जानकारी दिनुभयो । प्रथामिक तहमा भने माग गरेको भन्दा उल्लेखनिय संख्यामा आवेदन परेको छ ।
प्रथामिक तहमा ३० जना शिक्षकको माग गरिएकोमा २१९ जनाको आवेदन स्वकृती भएको थियो । आवेदन स्वकृत भएपनि कतिपय परीक्षामा अनुपस्थित भएको जनाईएको छ । गएको साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको थियो । चन्द्रपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८० बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकको माग गरिएको नगर प्रमुख संजय कुमार काफ्लेले बताउनुभयो ।
यस नगर क्षेत्र भित्र संचालित विभिन्न सामुदायिक विद्यालयहरुबाट माग भएअनुसार करार सेवामा स्वयंसेवक शिक्षक पदपुर्ति गर्नुपर्ने नगरपालिका आफैले शिक्षक भर्ना गर्न लागेको उहाको भनाइ छ । चन्द्रपुर नगर क्षेत्रको शैक्षिक गुणस्तर उकास्नका लागी यो कार्यको थालनी गरिएकाले अव नगरको शिक्षा क्षेत्रमा परिर्वतन आउने उहाँले बताउनुभयो । चन्द्रपुर नगरपालिकाले नगर प्रहरीका लागि पनि आवेदन खुलाएको छ ।