मधेशका ६ जिल्लामा जनमत पार्टीले इन्चार्ज तोकेको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।
जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए।
पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् । त्यस्तै सर्लाहीमा श्रीचन राय यादव, रौतहटमा बृजकिशोर यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिएका छन् ।