डुवानको बिषयमा भारत संग कुरा गरे :प्रधानमन्त्री

तराइ मधेशको डुवान बारे भारतका प्रधानमन्त्री संग कुरा गरेको प्रधान्मन्त्री शेर बहादुर देउवाले बताएका छन । रौतहटको गरुडामा भएको चुनावी सभामा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री शेर बहादुर देउवाले मधेसी र पहाडीबीच क्षेत्रीय नारा लगाएर एमालले  देशलाइ विखण्ड गर्न खोजेको आरोप लगाएका छन ।

रौतहटको गरुडामा भएको चुनावी सभा लाइ सम्वोधन गर्न शुक्रवार आएका प्रधानमन्त्री देउवा एमाले माथी कडा रुपमा प्रस्तुत भएका छन ।

प्रधानमन्त्री देउवाले भने ‘जातीय क्षेत्रीय नारा लगाएर एमालेले  देशमा मुडभेडको अवस्था सिर्जना गर्न खोजेको छ । 

प्रधानमन्त्री देउवाले  बाढी र डुवानको  समस्या छिटै नै समाधान गर्ने आश्वासन दिएका छन ।

मधेसका जनताको हक अधिकारको लागि कांग्रेसले संबिधान संशोधन प्रस्तावको पक्षमा मतदान गरेको र एमालले  गर्दा पारीत हुन नसकेको प्रधानमन्त्री देउवाले बताएका छन ।

 

 

सम्बन्धित शीर्षकहरु