आज विश्व मुटु दिवस : मुटु रोगबाट आफुपनि यसरी बचौँ, अरुलाईपनि बचाऊँ

काठमाडौं । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ। विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको तथ्यांक छ। नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ। चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

जनचेतनाको कमिले मुटुरोगको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृत्युको शिकार हुनपुग्छन् । मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुख कारण मानिन्छ । नेपालमा पनि सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले नै हुने गरेको तथ्यांक छ ।

समय मै मुटुरोगको पहिचान गर्न सकिएमा , ब्यक्तिले उचित उप्चार पाउने रोग लाई सजिलै सँग निको पार्ने र जटिल्ता बाट बच्ने सम्भावना प्रबल हुन्छ । र यसको लागि मुटुरोगको निदान प्रारम्भिक अवस्थामै हुनु जरुरी हुन्छ। रोगले जटिल्ता ली सकेपछी उप्चार कठिन , महँगो, लामो र निको नहुने अवस्थामा पुग्ने भएकोले , लक्षणकै आधारमा रोगको शुरुवातमै पत्तालगाउनु पर्छ।

अधिकांश मुटुरोग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरोग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मुटुरोग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरोगको निदान गर्ने गरिन्छ ।

यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्राणघातक मुटुरोगको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।

मुटुरोगका प्रमुख लक्षणहरु (Symptoms) छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरोगका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरोग नै भयो सोच्नु गलत होला ।

लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरोग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श (Cardiology Consultation )लिन सक्नेछन् ।

मुटुरोग पत्ता लगाउनमा जोखिमहरुको (Risk Factors) बारेमा जानकारी जरुरी

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरोगका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन (Smoking) , मुधुमेह (Diabetes), उच्चरक्तचाप (High BP), उच्चकोलेस्ट्रोल (High Cholesterol) , मोटोपना (Obesity) , अत्याधिक मदीरापान, मानसिक तनाव (Stress) , वंशाणुगत (परिवारमा मुटुरोग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ ।

एक भन्दा बढी जोखिमहरु भएमा मुटुरोगको झन् बढी संभावना हुन्छ ।रिस्क फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरोगकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

1)छाती दुख्नु (Chest Pain, Angina) छाती दुख्नु/ पोल्नु वा दबाबको अनुभव गर्नु मुटुरोगको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ । मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ ।

खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दुखाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दुखाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ ।

छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ । मुटुको दुखाई कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरोगको कारणले हो बुभ्नु पर्छ ।

2)स्वाँस्वाँ हुनु (Breathlessness) स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), रक्तचाप अत्याधिक भएमा पनि स्वाँस्वाँ हुनसक्छ ।

प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरोगको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वा बीचमा रोकिने अवस्था आउनु मुटुरोगको लक्षण हुनसक्छ ।

3)मुटु ढुकढुक हुनु (Palpitation) मुटु ढुकढुक हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर मुटुरोगको कारणले ढुकढुक जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

4)खुट्टा सुन्निनु (Leg Swelling, Edema) खुट्टा सुन्निने प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ । प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

5)बेहोश हुनु (Loss of Consciousness, Syncope) बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

6)थकाई लाग्नु (Fatigue) थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ । मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।

माथि उल्लेखित लक्षण हुन्ने बित्तिकै मुटुरोग हुन्छ भन्ने जरुरी छैन। यि लक्षण हरुलाई त्यो ब्यक्ती को उमेर, स्वास्थ्य अवस्था, मुटुरोगका जोखिम्हरु, बंषाणुगत् कारण, लक्षण को तिब्रता र समय आदी कुरा हरुमा भर्पर्छ। तर जरुरी कुरा के हो भन्ने तपाईं सँग यस्ता केही लक्षण छन्न भने चिक्तसक को प्रामर्श लिनु राम्रो हुन्छ।

 

 

सम्बन्धित शीर्षकहरु