सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले सोमबार कीर्तिपुर र चाबहिलस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ । 

बैंकको कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका उप मेयर सरस्वती खड्का र चाबहिल शाखाको उद्घाटन चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्धकुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेका थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले हालै सञ्चालनमा आएका शाखाहरुसहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटिएम र १,२०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु