क्रिकेट टिम किन्‍ने पहिलो सेलिब्रिटी बनिन् रेखा थापा

काठमाडौं ।  नायिका रेखा थापाले क्रिकेट टिम किनेकी छिन्। आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी-२० प्रतियोगिताका लागि अभिनेत्री थापाले रेखाले काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।

महिला क्रिकेटमा योगदान दिने उद्देश्यले आफूले काठमाडौं सुपर च्याम्पियन्स टिम खरिद गरेको सोमबार पत्रकार सम्मेलन गर्दै उनले जानकरी दिइन्।

डेढ दशकदेखि महिलाको क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले महिलाको क्षेत्रमा थप योगदान पुगोस भन्ने उदेश्यले टिम खरिद गरेको उनको भनाइ छ। नेपालमा क्रिकेट टिम खरिद् गर्ने रेखा पहिलो नेपाली सेलिब्रिटी हुन्।

प्रतियोगितामा आगामी वशाख ७ देखि १४ गतेसम्म मोरङको  बैजनाथपुर रंगशालामा हुँदैछ। प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ जित्ने छन्। हरेक खेलको ‘प्लयेर अफ द म्याच’ ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

तस्बिर रेखाको फेसबुकबाट

 

 

सम्बन्धित शीर्षकहरु