मेस्सीको फ्रि–किक रोनाल्डोको भन्दा उत्कृष्टः रोनाल्डीन्हो

एजेन्सी । ब्राजिलका पूर्व स्टार खेलाडी रोनाल्डिन्होले बार्सिलोनाका पूर्व टिम सहयात्री लियोनल मेसीले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट फ्रि–किक प्रहार गर्ने बताएका छन्।  मेस्सीले आइतबार ला लिगा अन्तर्गत रियल बेटिसविरुद्धको खेलमा उत्कृष्ट फ्रि–किक प्रहार गरेका थिए। मेस्सीले उक्त खेलमा ह्याट्रिक पनि गरेका थिए। 

मेस्सीले हालसम्म ३ सय ३० फ्रि–किक प्रहारमा २८ गोल गरिसकेका छन्। रोनाल्डिन्होले भने २ सय ५ फि–किक प्रहारमा १५ गोल गरेका छन्।  यस्तै रोनाल्डोले ३ सय १० फ्रि–किक प्रहारमा १९ गोल गरेका छन्। मेस्सी फ्रि–किक प्रहारको लागि उत्कृष्ट खेलाडीको रुपमा पनि रहेका छन्। “मेस्सीको फ्रि–किक प्रहार रोनाल्डो भन्दा उत्कृष्ट छ, त्यो उनले आफूले प्रहार गरेका हरेक फ्रि–किकमा देखाएका छन्। रोनाल्डोको फ्रि–किक प्रहार पनि राम्रो छ, तर उनको फ्रि–किक मेस्सीको बराबर उत्कृष्ट देखिँदैन।” रोनाल्डिन्होले भने।

 

 

सम्बन्धित शीर्षकहरु