प्रचण्ड अमेरिका पुगे, सीतालाई जोन हप्किन्स अस्पतालमा लगिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल  प्रचण्ड आज बिहान अमेरिका पुगेका छन् ।  पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि उनी गएको शुक्रबार साँझ  ५ बजे त्यसतर्फ लागेका थिए । प्रचण्डकी छोरी तथा चितवन महानगरपालिकाका मेयर रेणु दाहालले ‘मंगलबार बिहान उहाँहरु अमेरिका पुगेको’ जानकारी दिइन् । अब सीतालाई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिने समेत दाहालले बताइन् ।

प्रचण्डको साथमा  उनका स्वकीय सचिव तथा छोरी गंगा दाहाल लगायतका व्यक्तिहरु समेत सामेल छन् । उनी शुक्रबार साँझ ५ बजे इत्तिहाद एयरवेज मार्फत अमेरिका प्रस्थान गरेका थिए । अमेरिकाको जोन हप्किङ्स् अस्पतालमा सीताको प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) को उपचार हुने जनाइएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु