सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलात्कृत

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए । बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको डीएसपी रिमाले बताए । ‘जानकारी पाएपछि पीडितहरुको मेडिकल जाँच गराइएको र दोषीहरुको खोजीमा जुटेका छौं,’ रिमालले भने । परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीको भनाइ छ । यस्तै ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । बलात्कारमा संलग्न दुबैको नाम खुलाइएको छैन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु