ए डिभिजन लिगमा संकटासँग सरस्वती पराजित

पहिलो हाफमा गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा गोल गर्न सफल भयो । संकटाका लागि अतिरिक्त समयमा लक्ष्मण रुचालले गोल गर्दै जित दिलाए । शनिबारदेखि सुरु भएको ए डिभिजन लिगमा १४ टिम रहेका छन् । लिगको पहिलो खेलमा आर्मी र न्युरोड टिम -एनआरटीले २-२ गोलको बराबरी खेलेका थिए । ए डिभिजन लिग आजै (आइतबार) देखि नै केही दिनको लागि स्थगित पनि भएको छ । बंगबन्धु गोल्डकपमा नेपालले सहभागिता जनाउने भएपछि करिब ४ वर्षपछि सुरु भएको लिग केही समयसम्मको लागि रोकिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना जारी गरेर लिग सुचारु गर्नेछ ।

 

 

सम्बन्धित शीर्षकहरु