नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित

करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे । विनोद भण्डारीमा १ रनमा नटआउट रहे । ओपनर प्रदिप ऐरीले भने खाता नै खोल्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो । नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो । सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १-१ विकेट हात पारे । म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

 

 

सम्बन्धित शीर्षकहरु