नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा चौलागाई

रौतहट २५ बैशाख । नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी श्यामहरी चौलागाई लाई दिइएको छ । उनलाई अध्यक्ष पदको जिम्मेबारी दिइएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रिय समिति बाट रौतहटको निर्बाचन गराउन प्रतिनिधि तोकिएकी केन्द्रिय सदस्य मेघा शाहीले चौलागाई लाई अध्यक्षको जिम्मेबारी दिएकी हुन । नेपाल बिदयार्थी संघको बिधान ०२७ को छैठो संसोधन ०७३ बमोजिम केन्द्रिय प्रतिनिधि शाहीले जिल्ला अध्यक्षको रुपमा चौलागाई लाई अध्यक्षको जिम्मेबारी दिएकी हुन । चौलागाईले कमिटी समेत बिस्तार गर्नेछन । अध्यक्षको जिम्मेबारी लिएपछि चौलागाई रौतहटको गरुडामा आयोजित कार्यक्रममा नेपाली काग्रेस रौतहट सभापति कृष्णा यादब, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, अजय साह, नेबिसंघका पुर्ब केन्द्रिय सदस्य सुर्य थापाले बधाई दिएका छन । आयोजित सो कार्यक्रममा श्यामहरी चौलागाईले आफनो कार्यकालमा संघ लाई दरिलो र बिद्यार्थीको पक्षमा सदैब उभ्याईराख्ने बताउनु भयो ।

 

 

सम्बन्धित शीर्षकहरु