रोकिएन तस्कर राज

गौर,२३ बैशाख ।

जिल्लाका बिभिन्न नाकाबाट तस्करी हुने क्रम रोकिन सकेको छैन् । सिमामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा रौतहटको बिभिन्न नाकाबाट भारती समान निर्वाध रुपमा नेपाल भित्रने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

जिल्लाको बंकुल र नर्कटिया नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा लामो समय देखी तस्करी हुने क्रम जारी रहेको स्थानीय बासिन्दाले बताए । 

पछिल्लो समय ती नाकाबट भारतीय सिमेण्ट बिना भन्सार भित्रने गरेका कारण नेपाली सिमेण्टको व्यापारमा कमी आएको एक स्थानीय व्यापारीले जानकारी दिए । 

बंकुल बजारमा गौर भन्सार कार्यालयका कर्मचारी बस्ने गरेको भएपनि उनीहरुको समेत तस्करसंग सेटिङ हुने गरेका कारण भारतीय सिमेण्ट बंकुल नाकाबाट भित्रेर जिल्लाका बिभिन्न स्थान सम्म पुग्ने गरेको स्थानीय पत्रकार आर्दश उपाध्यायले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । बंकुल नाकाबाट सशस्त्र प्रहरी बेस क्याम्प र प्रहरी चौकीको मिलेमतोमा संगठित तस्कर गिरोहले सिमेण्ट नेपाली बजारमा ल्याउने र बंकुल बजारबाट जिल्लाका अन्य बजारमा पठाउने गरेको समाचारस्रोतले जानकारी दिएको छ ।

 सशस्त्र र नेपाल प्रहरीका माथिल्लो निकायका कर्मचारीकै ईसारामा बंकुल बजार र नर्कटिया नाकाबाट सिमेण्ट भित्रने गरेको छ । ती नाकाबाट केही समययता देखी सुन देखी नुन सम्म तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताए । सो स्थानका केही जनप्रतिनिधि समेत तस्करी कार्यमा सक्रिय रह“दै आएको बताईएको छ ।

BY: www.teraiexpress.com 

 

 

सम्बन्धित शीर्षकहरु