सेवाग्राहीलाई नगरपालिकामा सास्ती

चन्द्रनिगाहपुर,२४ बैशाख ।

आफुले तिरेको करले चल्ने सरकारी कार्यालयमा काम लिएर जादा समेत बस्ने ठाउ नहुदा दिनभरी उभिएर बस्नु पर्ने बाध्यता सर्बसाधारणको छ ।

 दैनिक सयौ सेवाग्राही आउने नगरपालिकामा सेवाग्राहिले सास्ती खेप्नुपरेको गुनासो बढदै जान थालेको छ । जिल्लाको चन्द्रपुर नगरपालिकामा विभिन्न कामका लागि आउने सेवाग्राही बस्ने कुर्सी समेत नहुदा दिन भरी उभिएर बस्नु पर्ने बाध्यता रहेको गुनासो सेवाग्राहीले गरेका छन ।

गर्मीको समय सुरु भैसकेको अवस्थामा नगरपालिकामा सेवा लिन आउने सेवाग्राही बाहिर बरन्डामा उभिएर बस्न बाध्य हुदा समेत नगरपालिकाको कार्यालयले चासो दिन सकेको छैन ।एउटा ३ सिट भएको कुर्सी रहेको भयपनि तेस्को खुट्टा भाचियर बस्न नमिल्ने अवस्थामा पुगेको छ ।सेवा ग्राही बस्ने स्थानमा पंखा समेत नहुदा सेवाग्राही गर्मी सहेर बस्न बाध्य भएको चन्द्रपुर,७ का स्थानियले बताए ।

चन्द्रपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुरेश दाहालले अहिले नगरपलिकामा पहिलाको भन्दा पा“च गुनाबढी सेवाग्राही आएको कारण समस्या भएको तराई एक्सप्रेसलाई बताए । अवका दिनमा सर्बसाधारणका लागि बस्ने व्यावस्थाका लागि नगरपालिकाको कार्यालयले म्यानेज गर्ने तयारी गरेको समेत दाहालको भनाई रहेको छ ।

 सामाजिक सुरक्षा भत्ता , विकास निर्माणको रनिङ विलका लागि सबै वडाबाट उपभोक्ता समितिका सदस्यहरुको भिड बढेकाले समेत सर्वसाधारणले बरण्डामा उभिएर बस्नु पर्ने बाध्यता रहेको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ  ।

BY: www.teraiexpress.com

 

 

सम्बन्धित शीर्षकहरु