नगरप्रमुख लाई धम्कि दिने दुई जना पक्राउ

रौतहट ५ चैत्र । रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादब लाई अपहरण र हत्याको धम्कि दिने दुई जना पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले नगरप्रमुख यादब लाई धम्कि दिने रौतहटको कटहरिया निबासी २५ वर्षीय मोहम्मद सम्सग आलम र राजपुर नगरपालिका निबासी ४५ वर्षीय जुल्फिकर सेक रहेका छन् ।

उनीहरु लाई ललितपुरको बालकुमारी बाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुबैले नगरप्रमुख यादब संग बीस लाख रुपैया चन्दा माग गरेको र नदिए हत्या गर्ने धम्कि दिएका थिए । उनीहरुको लामो प्रयास पछि नगरप्रमुख यादब लाई दश लाख सम्म दिए पनि आफुहरुले केही नगर्ने भन्दै रकम लिन लाई मोलमोलाई गर्दै आएका थिए । नगरप्रमुख यादबले भने उनीहरुले धम्कि दिए पिच्छे प्रहरी लाई जानकारी गराउदै आएका थिए । धम्कि दिने समुहका दुई जना पक्राउ परेपछि बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादबले कानुनी राज्यको अनुभुति भएको बताउनु भयो । दैनिकजसो धम्कि आउन थालेपछि नगरप्रमुख यादब र उनको घरपरिबार आतकित बनेका थिए । नगरप्रमुख यादबले धम्कि दिने ब्यक्तिको मोबाईल नम्बर सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएको दश दिन पछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले उनीहरु लाई पक्राउ गर्न सफल भएको हो ।

 

 

सम्बन्धित शीर्षकहरु