जन ज्योती बहुमुखी क्याम्पसमा बुधबार दिप प्रज्वलन

दिपु मिश्र, रौतहट चन्द्रपुर - त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सोमवार दिउँसो  भएको विमान दुर्घटनामा परि ज्यान गुमाउनु भएकाहरुको सम्झनामा जन ज्योती बहुमुखी क्याम्पसमा बुधबार दिप प्रज्वलन गरिएको थियो ।

मृतकहरुको सम्झना तथा घाइते भएकाहरुको शिघ्र स्वास्थ लाभको कामनाका लागि ५१ वटा दिप प्रजवलन गरिएको हो । जन ज्योती बहुमुखी क्याम्पसका स्ववियुको आयोजनामा शो दिप प्रज्वलन गरिएको स्ववियु सभापति संगम श्रेष्ठले जनकारि दिए ।

शो दिप प्रज्वलन कार्यक्रममा जन ज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गा प्रसाद दाहाल , शिक्षकहरु गणेश पौडेल , विनोद तिमल्सिना , स्ववियु उपसभापति गोपाल हुमागाइ , नेविसंघ रौतहटका नेता श्याम हरि चौलागाईं , स्ववियु सचीव सन्तोष जयसवाल लगायत क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुको सहभागीता रहेको थियो । 

 

 

सम्बन्धित शीर्षकहरु