सोमबार चन्द्रपुर महोत्सव २०७४ को उद्घाटन समारोह

दिपु मिश्र, रौतहट २८ फाल्गुण - रौतहटको चन्द्रनिगाहपुरमा सोमबार चन्द्रपुर महोत्सव २०७४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले विकासको गतिमा दुई नम्बर प्रदेश अगाडि हुने बताएका छन् ।  प्रदेश २ सुगम र आफैमा सुविधा सम्पन्न भएकाले यहा“को विकास अन्य प्रदेशको भन्दा नमुनाको रुपमा हुन्छ भन्ने दाहालको भनाई रहेको छ । उन्ले  प्रदेश २ मा अधुरा रहेका राष्ट्रिय महत्वका योजनाहरु वीरगञ्जदेखि जनकपुर रेलमार्ग,काठमाडौदेखि तराई जोडने द्रुतमार्ग, निजगढ स्थित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कामलाई बामसरकारले प्राथमिकतामा राखेको छ भन्ने कुरामा जोड दिएका थिए ।  त्यसैगरी तराईको विकासका लागि अतिनै महत्व राख्ने हुलाकी राजमार्ग निर्माणमा गति ल्याउन सरकार लागिरहेको र केहिदिन भित्रै शिलान्यास हुने शो कार्यक्रम द्धारा जनाए । चन्द्रपुरमा औद्योगिक क्षेत्र र स्मार्ट सिटी बनाउने आफ्नो लक्ष्य रहेको सुनाए । सोही कार्यक्रममा उधोगपति तथा सांसद विनोद चौधरीले देश विकासका लागी सरकारले औधोगिक क्रान्तिको सुरुवात गनुपर्ने बताउनुभयो ।

चौधरीले २ नम्बर प्रदेश औधोगिक प्रदेशका रुपमा रहेको भएपनि सरकारले उचित ध्यान नदिदा धेरै उधोग बन्द भएको बताउदै सम्पन्न मुुलुक बनाउने अभिभारामा आफु सधैं सरकारको साथमा रहेको बताउनुभयो ।

उहाले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रुपले चांडैनै उधोग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । सरकारले अरु केही गर्नु पर्दैन विगतमा अधुरो रहेको राष्ट्रिय महत्वका योजनाहरुलाई ग्राहयता दिए देशको विकास  समेत हुन्छ बताएका थिए । सोमबारबाट सुरु भएको चन्द्रपुर महोत्सव चन्द्रनिगाहपुर सिटि जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सह प्रयोजनमा हुन लागेको हो । महोत्सव फागुन २८ गते देखि चैत ७ गते सम्म चन्द्रनिगाहपुरमा रहेको तुल्सीलाल अमात्य खेल मैदानमा हुनेछ । उक्त कार्याक्रमा बिधायक कुन्दन कुश्वाहा,नागेन्द्र यादव,धनलाल ठोकर, समिर भट्टाई, देबेन्द्र पटेल, बंशिधर मिश्र, चन्द्रपुर नगरपालिका प्रमुख लगायत पूर्व सांसदहरु,स्थानीय निकायका जनप्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

 

 

सम्बन्धित शीर्षकहरु