सडक अतिक्रमण बढ्यो

दिपु मिश्र | चन्द्रपुर  नगरपालिका  र  ट्राफिक  प्रहरीको    हेलचक्रयाइले    गर्दा    सडक  अतिक्रमण  बढेको  छ । चन्द्रनिगाहपुर–गौर सडक खण्डमा सडक अतिक्रमण तिब्र रुपमा बढ्दै गएको  छ  ।  सो  सडक  खण्डको  दुबैतर्फ स्थानीयले चौपाया बाँध्नुका साथै  परालको  कुन्यु  र  विक्रिको  लागि  समान  समेत  सडकमै  राख्न  थालेको  छ  ।  सडक  अतिक्रमण  गरेपनि सडक डिभिजन कार्यालय, जिल्ला ट्राफिक कार्यालय र   नगरपालिका मौन छ । राष्ट्रिय राजमार्गमा सडक किनारबाट २५ र सहायक मार्गमा १५ मिटर छाड्नुपर्ने   हुन्छ । सडक  क्षेत्र  छाडेर  मात्र  व्यक्तिगत  प्रयोजनले उपभोग  गर्न  पाइन्छ ।  कतिपय  क्षेत्रमा  सडकक्षेत्र  मिचेर  घरटहरा  बनाइएको  छ  ।  सडक  विभागले    यसको अनुगमन नगरेको  सरोकारवालाको  आरोप  छ ।              पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर चोकको दुवैतिरका पेटीमा फलफूल   बिक्री   गर्दै   आएको   छ  ।  देशको  प्रमुख  राजमार्ग  नै  अतिक्रमणको   चपेटामा   परेको भएपनि सम्बन्धित निकायले चासो नदिएको          सरोकारवालाको भनाई  छ  । सडक  अतिक्रमण  तुरुन्त  हटाउनुपर्ने  माग  उनीहरुको  छ ।  चन्द्रनिगाहपुरदेखि ४२ किमि गौरसम्म  दायाँबायाँ  सडक  क्षेत्रमै  पोखरी खनिएको छ ।कतै  चिम्नी  उद्योगले  माटो  खनेर   इट्टा उत्पादन   गरिरहेको   छ  त  कतै  मोटरसाइकल  ग्यारेज  खोलिएको  छ ।  जसका  कारण  दुईतिरबाट  सवारी  आउँदा  साइड  कटाउन  समेत  समस्या  हुने  गरेको  छ । 

 

 

सम्बन्धित शीर्षकहरु