गौर अस्पताल आफै बिरामी

रौतहट १४ फागुन | रौतहटको गौरमा रहेको ५० शैयाको जिल्ला सरकारी अस्पताल आफै बिरामी अवस्थामा छ । अस्पतालले दिने सेवा नपाएको भन्दै बिरामीहरुले गुनासो गर्न थालेका छन ।

  उपचारका लागी आएका बिरामीहरु अन्यत्र जानु पर्ने बाध्यता छ । गौर अस्पतालमा एकमहिना भन्दा बढी समय देखी कुकुरले टोकेमा लगाउने  भ्याक्सिन उपलव्ध छैन ।  भ्याक्सिन नभएकाले सेवा बन्द गरिएको सुचना लेखेर अस्पताल प्रशासनले भित्तामा टा“सेको छ ।

सरकारले निशुल्क उपलव्ध गराउने औषधीहरु छैनन । ७० प्रकारको औषधी निशुल्क पाइने बताएपछि करीव ३० प्रकारको मात्रै औषधी उपलव्ध रहेको अस्पताल प्रमुख डा. कृष्णा साहका अनुसार औषधी किन्नका लागी रकम छैन । जिल्लभरका लागी अहिले ३ लाख मात्र रकम छ । 

ल्यावलाई चाहिने सामाग्रीहरु समेत अभाव छ । अस्पतालको फार्मेसीमा  औषधी नभएकाले निजी औषधी पसलहरुमा बिरामीहरुले औषधी किन्दै आएका छन । अस्पतालमा ल्याव संचालन नहुदा बिरामीहरु लाइ निजी ल्यापमा जानका लागी चिकित्सकहरुले सल्लाह दिदै आएका छन ।

अस्पतालको आन्तरीक श्रोत बाट भएको आम्दानी अस्पताल व्यवस्थापन समितीले राखेका कर्मचारीको तलवमा खर्च हुने हुदा अन्य सामाग्री खरीद गर्न नसकिएको समेत प्रमुख डा.साहको भनाइ छ । 

अस्पतालमा एक जना पनि बिशेषज्ञ चिकित्सक छैनन । ९ जना बिशेषज्ञको दरबन्दि रहेको अस्पतालमा मेडिकल अफिसर ४ डेन्टल सर्जन १ जनाको दरबन्दि रहेपनि सवै छात्रबृती  र करार सेवामा छन । ६ जना स्टाफनर्सको दरबन्दिमा एकजना छन । अस्पतालको ल्याव टेक्निसियन ३ जनाको दरबन्दी रहेपनि १ जना मात्र छन । 

सदरमुकाममा रहेको सरकारी अस्पताल फोहोरै फोहोर छ ।  फर्निचरहरु भाचिएका छन । अस्पतालको भौतिक संरचनाहरु संरक्षण गर्ने तर्फ कसैले ध्यान दिएको देखिदैन ।

शौचालय महिनौ देखि सफा नगर्दा बिरामी तथा कुरुवाहरु जान सक्नै अवस्था छैन । खानेपानीको धारा वरपर दुर्धन्ध फैलिएको छ । 

अस्पतालले लामो समय देखी संचालन गरेको एम्बुलेन्स सेवा बन्द अवस्थामा छ । मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले महिना अघि देखि एम्वुलेन्स थन्किएको हो । 

अस्पताल परीसरमा संचालन गरीएको चमेनागृह र औषधी पसलको भाडा कस्ले कति लिने गरेको छ रेकर्ड छैन ।

औषधी पसल, चमेना गृह संचालनका लागी केहि बर्षअघि सम्झौता भएको र बाढीले कागजपत्र नष्ट गरेकाले सम्झौतामा भाडा कति हो भन्ने नै अस्पताल प्रशासनलाइ जानकारी छैन ।

 

 

सम्बन्धित शीर्षकहरु