अदालत परिसरमै प्रहरीद्धारा महिला कुटीए

रौतहट १४ फागुन | जिल्ला अदालतमा बहस सुन्नजान लागेका दुइजना महिलालाइ प्रहरीले कुटपिट गरेको छ । बालक हत्या गरेको बिषयमा अभियुक्तहरुको बयान सुन्न जान लागेका पिडित पक्षका महिलाहरुलाइ सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन ।

रौतहटको राजपुर नगरपालिका  ९ बैरियाटोलमा माघ ९ गते ८ बर्षिय बालक महफुज देवानलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको घटनाको सोमवार पाँच जना अभियुक्त लाइ  प्रहरीले अदालत पेश गरेको थियो ।

बहस सुन्न जानलागेकी मृतक बालककी ५५ बर्षिया हजुरआमा कोरैसी फकिरी सहित दुइदर्जन महिला तथा पुरुषहरु अदालत भित्र प्रवेश गर्न खोज्दा प्रहरीले कुटपिट गरेका हुन ।

अमब्या खातुन र मृतक बालकको हजुरआमा कोरैसी घाइते छन । घाइते महिलाहरुको सम्बेदनशिल अंगमा चोट लागेको गौर अस्पतालका अहेव पंकज ठाकुरले जानकारी दिएका छन ।

रौतहटका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले अदालत परीसरमा न्याय सम्पादनको कामलाइ दवावदिने उदेश्यले केही व्यक्ति प्रवेशगर्न लाग्दा सुरक्षाकर्मीले रोकेको बताएका छन । 

घाइते खातुनलाइ थप उपचारको लागी बिरजग पठाइएको छ भने अकीृ महिलाको गौर अस्पतालमा नै उपचार भैरहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु