६ हजार महिलालाइ सेनिटरी प्याड

रौतहट १४ फागुन | बिधालयजाने किशोरीहरुको पढाइ छुट्ने समस्या रोक्नका लागी र महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर राख्दै नगरपालिकाले निशुल्करुपमा सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम ल्याएको छ ।

रौतहटको मौलापुर नगरपालिकाले महिनावारी भएको समयमा बिधालयजाने किशोरीहरु महिलाहरु लाइ   निशुल्क रुपमा सेनिटरी प्याड बितरण गर्ने योजना बनाएको हो ।

मौलापुर नगरपालिकाकी मेयर रिनाकुुमारी साहले बिधालय जाने गरेका छात्राहरुलाई ठुुलो समस्या हुुने गरेको बताउदै ८ देखी १० मा अध्ययनरत छात्राको पढाइ समेत प्रभावित हुदै आएकाले  सेनिटरी प्याड बितरणगर्न लागिएको बताएकी छिन ।

यस्तै नगरका  १६ बर्ष देखि ४५ बर्ष उमेरका करीव ६ हजार महिलाहरुलाइ प्याड उपलव्ध गराउन लागिएको मौलापुर नगरपालिकाका अधिकृत प्रमोद साहले जानकारी दिएका छन ।

साक्षरता अभियान तथा प्याड बितरण कार्यक्रममा वोल्दै रौतहट क्षेत्र नम्वर ३ का संसद तथा पूर्वमन्त्री प्रभु साहले मधेशमा महिलाहरुको स्वास्थ्य अवस्था निकै नाजुक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरुले महिलाको स्वास्थ्य र शिक्षामा सुधार आउने बिश्वास व्यक्त गरेका छन ।

 

 

सम्बन्धित शीर्षकहरु