उम्मेदबार लाई घरदैलो गर्न भ्याई नभ्याई

रौतहट ३ मंसिर । दोस्रो चरणको निर्बाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदबार उम्मेदबार बनेकाको मतदाता लाई रिझाउन भ्याई नभ्याई भएको छ ।

रौतहटको ४ नम्बर क्षेत्रमा  प्रमुख तीन पार्टी नेपाली काग्रेस, बामगठबन्धन र मधेशबादी दलको गठबन्धनका उम्मेदबारहरु घरदैलो, अन्तरिक्रया, कोडसभा गरिरहेका छन । ४ नम्बर क्षेत्रमा चन्द्रपुर, गरुडडको २, ३, ४, ८, ९, गडिमाईको १, २, ३, ४, ५, ९ र बृन्दाबन नगरपालिका गरी ३१ वडामा ८५,६२३ मतदाता रहेका छन । क्षेत्रफल र मतदाताको हिसाबमा सबैभन्दा ठुलो क्षेत्रफलको रुपमा रहेको रौतहटको चार नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि नेपाली काग्रेस बाट देब प्रसाद तिमल्सिना, बामगठबन्धन बाट एमालेका डाक्टर बंशिधर मिश्र, मधेशबादी दलको गठबन्धन बाट राजपा नेपालका कन्थमणि जैयसवाल चुनाबी प्रतिस्पर्धामा रहेका छन । तीनै प्रतिस्पर्धिहरु सबै मतदाताको घरमा आफना चुनाबी एजेण्डा सहित पुगिरहेका छन । मतदाताको घरमा पुग्ने क्रममा नेपाली काग्रेस प्रति आकर्षित हुनेको संख्या अधिक रहेको पाइएको छ । आईतबार मात्रै बृन्दाबन नगरपालिकाको वडानम्बर ७ सखुअवाधमौरा स्थित उतरी टोलका लालबाबु चौधरी, सिकेन्द्र चौधरी, भोजा चौधरी, परुहा चौधरी, उपेन्द्र चौधरी, नागेन्द्र चौधरी, बिनोद चौधरी लगायत पचास जना एमाले र माओबादी केन्द्र परित्याग गरी नेपाली काग्रेसमा प्रबेश गरेका छन । उनीहरु सबैले नेपाली काग्रेसका उम्मेदबार देब प्रसाद तिमल्सिनाको हात बाट अबिर र माला लगाएर पार्टी प्रबेश गरेका हुन ।

यस अघि चन्द्रपुर नगरपालिकाको नयाबस्ति, बेतौना, मङ्गलपुर बाट सयौको संख्यामा नेपाली काग्रेसमा प्रबेश गरिसकेका छन । आफनो क्षेत्रमा उनी लोकप्रिय नेताको रुपमा चिनिएका छन । जनताको काम र दुख सुखमा साथ दिदै आएको स्थानीयबासिन्दा बताउछन ।  उता बामगठबन्धनका उम्मेदबार डाक्टर बंशिधर मिश्र ०४८  सालमा यसक्षेत्र बाट बिजयी भएर स्वास्थ्य राज्यमंन्त्रि समेत भैसकेका छन । उता मधेशबादी दलको गठबन्धन बाट राजपा नेपालका उम्मेदबार बनेका कन्थमणि जैयसवाल भने संसदिय राजनीतिमा नया अनुहार हुन । 

 

 

सम्बन्धित शीर्षकहरु