दिपु मिश्र/रौतहट समाचारदाता
रौतहटको उत्तरी भेगका गर्मी मौसम बढेसँगै आगलागीका घटना घट्न थालेका छन् ।
शनिबारमात्र जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्वर दुइको एक गाई फर्ममा आगलागी भएको भोलीपल्ट अर्थात आइतबार विहान चन्द्रपुर वडानम्वर १० स्थित पडहरिया टोल निबासी भैरब चौधरीको गोठमा आगलागी भएको हो । आगलागीबाट चौधरीको काठको घर जलेर पुर्णरुपमा नष्ट भएको र एउटा भैँसीको पाडी जलेर मरेको स्थानीय युवा नेता मुकेश गुप्ताले जानकारी दिएका छन् ।
आगो निभाउन चन्द्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलि परिचालित भएको ईलाका प्रहरी कार्यालय,चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीका अनुसार,छिमेकी तोरीक चौधरीको श्रीमतीले फोहोरजन्य बस्तु जलाउन छाडेको आगो सल्कँदा सो आगलागी हुन पुगेको हो । सडक छेउमा आगलागी नियन्त्रणमा स्थानीयको समेत सहयोग रहेको मुकेश गुप्ताले बताए ।
गर्मी मौसममा सावधानी नअपनाउँदा सो क्षति हुने पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । तराईका जिल्लामा हावाहुरी धेरै चल्ने भएकाले साँझ विहानबाहेकका दिनमा जथाभावी आगोजन्य बस्तु बाल्ने र सामग्री प्रयोगमा सतर्कता अपनाउनुपर्ने गुप्ताले जनाएका छन् । चन्द्रपुर नगरपालिकामा मात्रै दुई दिन यता दुई फरक स्थानको गोठमा आगलागी भएको हो ।
सबैको सहयोगका कारण अन्य बस्तिका घरहरुमा फैलन नपाएको जनाइएको छ । शनिबार विहानमात्र चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान मात्रै आगलागी भएको थियो । गर्मी मौसम शुरु भएसंगै असाबधानीका कारण आगलागीका घटना हुन थालेपछि स्थानीय प्रशासनले सावधानी अपनाउन सवैमा आग्रह गरेको जनाएको छ ।