मौन अवधीमा रौतहटका बस्तिहरुमा भोजैभोज

मौन अबधीमा रौतहटमा मतदाताहरु लाइ प्रभावित पार्नका लागी बस्तिबस्तिमा भोज चलिरहेको छ । स्थानिय तहको चुनावमा जित्नका लागी मतदाता तथा कार्यकर्ताहरुलाइ उम्मेदवारहरुले लाखौ खर्चेर भोज खुवाइरहेका छन ।

जिल्लाको १६ नगरपालिका तथा दुइ गाउपालिकाको टोलटोलमा  शनिवार बिहानै देखि भोज चलेको छ ।

प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुले आफ्ना नजिकाका कार्यकर्ताहरु मार्फत लाखौ खर्चेर भोजको आयोजना गरीरहेका छन ।

 केही बस्तिहरुमा टेक्टरमा राखेर प्रति परीवार एउटा कुखुराहरु वितरण भैरहेको छ । सो क्षेत्रमा ब्रोइलर कुखुराहरु अभाव भएपछि भारतमा उत्पादन गरीएको कुखुराहरु ल्याउने गरीएको छ ।

जिल्लाको  बंकुल,औरया, लक्ष्मिपुर बेलबिछवा, रामपुरखांप र बाराको कचोर्वा नाका हुदै साइकल , मोटरसाइकलमा कुखुराहरु भित्रने गरेका छन ।

दैनिक हजारौ कुखुराहरु व्यापारीले नेपाल ल्याउने र भोजका लागी बिक्री गर्ने गरेको स्थानियबासीहरुले कलमपाटी लाइ बताएका छन ।

 दलितबस्तिहरुमा माछा , रांगा, कुखुरा, सुगुर, बंगुरहरु  काटेर भोज खुवाउने गरीएको पाइएको छ । 

दलका नेताहरुले चुनावमा खट्ने कार्यकर्ताहरु  एकै स्थानमा पकाएर खादा भोज जस्तो देखिएको प्रतिकृया दिने गरेका छन ।

 सवै दलका उम्मेदवारहरुले भोजमा खर्च गर्नेहुदा एक अर्काको बिरोध गर्ने गरेका छैनन ।

जिल्लाको गरिव, सुकुम्वासी तथा दलित समुदाय भएको क्षेत्रमा मासु , भात, चिउरा र मदिरा दिउसै देखि बाडीएको छ । एउटै उम्मेदवारले ५ सय किलो देखि एक हजार किलो सम्म कुखुरा  एकै दिन खरिद गरेको पाइएको छ ।

रौतहट जिल्लाका मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले 

भोजभतेर भइराखेको भन्ने सूचना आएको र  त्यस्ता कृयाकपाल रोक्न प्रयत्नसिल रहेको जानकारी दिएका छन ।

अशिक्षा का कारण दलित बस्तिका मतदाताहरु खानपिनमा नै भुलिरेहको दलित अगुवाहरुको भनाइ छ ।

 

 

सम्बन्धित शीर्षकहरु