गृहजिल्ला रौतहटको निर्वाचन प्रचारमा सक्रिया सहरी विकास मन्त्री प्रभु साह

अनेक राजनीतिक आरोह अवरोहकाबीच २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते हुदैछ । तराई मधेसमा पर्ने २ नम्बर प्रदेश अन्र्तगत ८ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुदैछ ।

प्रमुख राजनीतिक दलका शिर्ष नेतापनि यतिबेला मधेशकै निर्वाचनमा सक्रिय छन् । यतिमात्र होइन सरकारमा सहभागी मधेसबाट प्रतिनिधित्व गर्ने मन्त्री पनि आफ्नो गृहजिल्लाकै निर्वाचन अभियानमा लागेका छन् । नेकपा माओवादी केन्द्र २ नम्बर प्रदेशका संयोजक तथा सहरी विकास मन्त्री प्रभु साह पनि एक हप्ता अघिदेखि गृहजिल्ला रौतहटमै निर्वाचन प्रचारप्रसार अभियानमा व्यस्त छन् । निर्वाचन अभियानमा निकै सक्रिया नेताको रुपमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्चा यतिबेला सबैतिर भएको छ । पार्टीका माउ नेता नै निर्वाचनमा सक्रिया भएको हुनाले स्थानीयका नेता तथा कार्यकर्तालाई पनि एकताबद्ध भएर निर्वाचनमा लाग्न नैतिक दवाव परेको छ ।

प्रचण्ड जस्तौ मधेशमा माओवादीको प्रभाव जमाउन सफल नेता तथा सहरी विकास मन्त्री प्रभु साहपनि बिहानैदेखि राती अवेरसम्म चुनावी सभा तथा मतदतातको घरदैलोमा व्यस्त हुने गरेका छन । मन्त्री साहले निर्वाचनको समयमा रौतहटमा सबै माओवादी नेताहरुलाई एकजुट भएर अभियानमा सहभागी बनाउन सकेकोमा समेत पार्टी भित्रै निकै तारिफ हुने गरेको छ । मधेशमा अधिकास दलभित्र उम्मेदवारी वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै दलका नेता तथा कार्यकर्तामा निस्कियता समेत बढनु स्वभाविक बनेको छ । माओवादी केन्द्रका नेता साहसँगै अन्य केन्द्रीय र क्षेत्रिय स्तरका नेताहरु अशोक जयसवाल, सत्यनारायण भगत विन, देवेन्द्र पटेललगायतका नेताको निर्वाचनमा निकै सक्रियता बढ्नुले पार्टी र नेतृत्व दक्षताको पुष्टि भएको मानिएको छ । माओवादी केन्द्रका नेताहरु यतिवेला पार्टीका आन्तरिक मतभेद त्यागी रौतहटमा पार्टीका जितलाई प्रतिष्ठा बनाएर गाउँबस्तीमा पुगेका हुन ।

मन्त्री साहसँगै अन्य नेताहरु दिनहुँ ८ देखि १० वटा चुनावी सभामा सहभागी हुने गरेका छन । सबै जसो कार्यक्रममा नेताहरूले माओवादीले मुलुक र जनताको पक्षमा गरेको संघर्ष जनताले बुझिसकेकाले त्यसको संस्थागत विकासका लागि समेत माओवादीलाई नै मौका दिन आग्रह गरेका छन । उनीहरुले मधेसका जनता सही र गलत छुट्याउन सक्षम भएकाले २ नम्बर प्रदेशमा माओवादीलाई पहिलो पार्टी बनाउने जिम्मा पनि मतदातालाई नै भएको बताएका हुन ।

मन्त्री साहलगायतका नेताहरू विहानैदेखि जनताको घर आँगनमा पुगेर गुनासो र विकासको बारेमा छलफल सुरु गरेसँगै मतदातमा खुसीका साथै निर्वाचनमा उत्साह थपिएको बताएका छन । स्थानीयवासीहरु आफुलाई विकासप्रेमी पार्टी र व्यक्ति आवश्यक भएको भन्दै रौतहटमा त्यो सपना पुरा गर्ने विश्वास माओवादीका नेता प्रभु साहसाग मात्र भएको स्थानीय प्रहलाद यादव बताउँछन ।

मधेशमा ८ जिल्ला मध्ये रौतहटमा मन्त्री साहकै प्रभाव भएकाले माओवादी केन्द्रको आधार क्षेत्रको रुपमा लिने गरिन्छ । कतिपयले रौतहटको विकासलाई विहारका मुख्य मन्त्री लालु यादवसँग प्रभू साहको तुलना समेत गर्ने गरेको स्थानीय जितेन्द्र पट्टेल बताउँछन । रौतहटलगायत सिंगो मधेसमा विकास प्रेमी नेताका रुपमा समेत साहलाई बुझने गरिएको पट्टेलले बताए । मन्त्री प्रभु साहलगायतका नेताहरू आफ्नो घर आगनमै आउन थालेपछि जनतामा पनि विशेष उत्साह थपिएको छ ।

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट साह विजयी भएका हुन । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले रौटहटका ६ निर्वाचन क्षेत्र मध्ये ३ र ४ मा विजयी भएको हो ।

रौतहटमा असोज २ गते १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमा निर्वाचन हुदैछ ।

 

 

सम्बन्धित शीर्षकहरु