मधेशमा एमाले पहिलो पार्टी हुन्छ: अध्यक्ष ओली

प्रदेश नम्वर २ को स्थानिय तहका निर्वाचनमा सबै भन्दा बढी सीट एमाले पाटीले ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन ।

नेपालमा बस्ने पहाडी,मधेशी,हिमाली सबैका हितका लागी सोच्ने पार्टी भएकाले मधेशका जनताले एमालेलाइ पहिलो पार्टी बनाएरै छाड्ने अध्यक्ष ओलीको तर्क छ ।

नेकपा एमालेका अधयक्ष केपि शर्मा ओलिले नेकपा एमाले आफुलाई सत्तामा पु¥याउन र चुनाव जित्नका लागि विदेशीसंग प्रणाम नगर्ने पार्टि भएको बताएका छन ।

प्रदेश नं २ मा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको लागि रौतहटको चन्द्रपुर नगरपालिकामा आयोजित अन्तिम चुनावि सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलिले एमाले जनताको पार्टी भएकाले वहुमत ल्याउने दावि गरे । 

आफु ४४ वर्ष पहिला भुमिगत अवस्थामा रौतहटबाटै गिरफतार भई १४ वर्ष जेल जीवन बिताएको स्मरण गर्दै ओलिले यहाँका जनताहरुमा राजनैतिक चेतना भएको र न्यायपूर्ण आन्दोलनमा सदैव अग्रिम रहने जिल्ला भएको समेत बताए । उनले पहिलो र दोश्रो चरणको चुनावमा सत्ताधारीहरुले एमाले कार्यकर्ताहरुको हत्या गरे, घाईते बनाए, मतपत्र च्याते र गर्न सक्ने जति तमासा सबै गरेपनि जनताको अपार मायाले एमालेलाई पहिलो हुनबाट रोक्न नसकेको बताउँदै यो तेश्रो चरणको चुनावमा पनि एमालेलाई कुनैपनि शक्तिले हराउन नसक्ने दावि समेत गरे ।

ओलिले आफु छोरीलाई मत माग्न नआएको, मतपत्र च्यात्ने निर्देशन दिन पनि नआएको बताउँदै नातावाद, परिवारवाद र भ्रष्टाचारमा डुबेका अनि आफ्नो छोरीको लागि घुँडासम्मको छाला खुइल्याएर नेपाली कांगे्रस समक्ष घुँडा टेक्नेबाट देश विकासको आशा नगर्न समेत उन्ले आग्रह गरेका छन  । 

नेकपा एमाले हत्या हिंसा र आतंकमा कहिल्यै विश्वास नगर्ने भएकाले यसपटकको निर्वाचनमा एमालेले जनताको पवित्र मत देश बनाउनका लागि उनीह्रुको मनबाट कब्जा गर्ने समेत बताए । नेकपा एमालेको सूर्य चिन्ह अंकित झण्डा कपडाको टालो मात्र नभएर सिंगो देशलाई उज्याले छर्ने संकेत भएको बताउँदै उनले प्रदेश नं २ को स्थानीय निर्वाचनबाट हिमाल पहाड र तराईको बीचमा फाटो ल्याउन खोज्ने तत्वहरु परास्त हुने समेत दावि गरे । अहिले सत्तासिनहरु एमालेको सरकारको पालामा तराई मधेशमा छुट्याएको बजेट आफुले ल्याएको भन्दै झुठा प्रचार गरीरहेको बताउँदै अध्यक्ष ओलीले २० वर्ष सम्म अलपत्र पारेर राखिएको हुलाकि राजमार्गलाई कांगे्रसले अहिले किन सम्झेको भनि प्रश्न समेत गरे ।

 

 

सम्बन्धित शीर्षकहरु