सुकुम्बासीलाई लालपुर्जा - माओबादी केन्द्र

माओबादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा आ-आफ्नो एजेन्डा सहित निर्वाचन प्रचार - प्रसार गरिरहेका छन् । यसैगरि चंद्रपुर नगरपालिका २ न. क्षेत्र बाट माओबादी केन्द्रमा वडा अध्यक्षको रुपमा उमेदवारी दर्ता गरेका बुद्द (दुत) व. थिङ्ग प्रखर युवाको रुपमा चुनावी मैदानमा उत्रियका छन् ।

वडा अध्यक्षमा उमेदवारी दिनुको मुख्य कारण बताउनुस भन्दा थिङ्ग भन्नुहुन्छ "म चंद्रपुर २ न. क्षेत्रलाई विकासको वाटोमा लान्छु, सुकुम्बासी र एलानि जमिनमा बसोवास गर्दै आएकाहरुको लागि लालपुर्जा लगाएत अन्य अधिकारहरु सुनिस्चित गर्नका लागि पहल गर्ने छु, र मैले बोलेको हरेक कुरा पुरा गर्छु, यदि नगरेको अवस्थामा जनताको हरेक सजाय भोग्न तयार छु" । माओबादी केन्द्रमा लामो समय देखि सक्रिय रहेका थिङ्गलाई तपाइले जित्नुको मुख्य आधार के हो ? भन्दा भन्नुहुन्छ " जनताले मैले गरेको कामको मुल्यांकननै मैले जित्ने आधार हो ।

यतिबेला चुनाबी मैदानमा चंद्रपुर २ न. बाट एमालेमा बिर्ख घिसिङ्ग र नेपाली कांग्रेसबाट कल्याण कुस्वार र माओबादी बाट स्वयम बुद्द (दुत) व. थिङ्गको उमेदवारी रहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु