थारु समुदायबाट एमालेकी मेयरकी उम्मेदवारले चुनौती दिदै

असोज २ गते हुने स्थानिय तहको निर्वाचनमा रौतहटको गुजरा नगरपालिकाको नगर प्रमुख पदमा १० पुरुष उमेदवारलाइ एक थारु समुदाय कि महिलाले कडा चुनौती दिदै छिन ।

 नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उमेदवार बनेकी रामेश्वरी  देवी चौधरीले चुनावी प्रतिस्पर्धामा छिन ।

 नगर प्रमुखमा उमेदवारी दिएको भएतापनि मैले उमेदवारी फरक ढंगबाट दिएको र नगरबासीको आग्रहमा दिएको हुदा आफनो जित सुनिश्चत रहको रामेश्वरी चौधरीको दाबी पनि छ । 

उनी भन्छिन  ‘नगरपालिकाको मापदण्ड नै नपुगेको गाउलाइ जबरजस्ती नगरपालिका बनाइएको छ, मैले जितेपछि एउटा नगरबासीले पाउने पर्ने सम्पुर्ण सेवा सुबिधाको ब्यबस्था गर्नु नै मेरो पहिलो कार्य हुने छ ।

गुजरा नगरपालिकामा अधिकांश थारु समुदायको बसोबास भएको हुदा पिछडिएको नगरपालिका हो, यस नगरको बिकाश गर्न निवास्र्थ रुपमा काम गर्ने मान्छेको आवश्यक रहेको हुदा थारु समुदायले नै मलाइ रोजेर उमेदवार बनाएको हुदा मेरो जित सुनिश्चत छ ” । सो नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट शेख दाउद,नेकपा माओवादी केन्द्रको तर्फबाट पलट चौधरी,राष्ट्रिय जनता पार्टीको तर्फबाट सन्तलाल चौधरी लगायतकाले गुजरा नगरपालिकाको नगर प्रमुखमा उमेदवारी दिएका छन । सो नगरपालिकामा साबिक कनकपुर ,रंगपुर,प्रतापपुर पल्टुवा,सिमरा भवानीपुर र लक्ष्मीपुर दोस्तीया गाबिसहरु समाबेस गरिएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु