2018-12-12 09:01:27 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् ।
बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, संस्थागत निर्णय गरेर आए कांग्रेससहितका शक्तिहरुसँग सहकार्य हुन्छ ।’